सुनचाँदीको मुल्यमा कमी, अमेरिकी अर्थतन्त्रमा देखिएको मजवुतिको प्रभाव


यो साता बिश्व बजारमा सुनको मुल्य घटेको छ । अमेरिकी डलरको विनिमय दरमा देखिएको सुधार र त्यसको प्रभावले अमेरिकी अर्थतन्त्रमा देखिएको मजवुतिका कारण सुनको मुल्य घट्नमा बल पुगेको बिश्लेषकहरुले बताएका छन्।

साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन सामान्य बढेर प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ पुगी तेस्रो दिन स्थिर रह्यो ।

त्यस पछिका दिन निरन्तर घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार १ लाख ४४ हजार ७०० रुपैयाँमा झरेको छ । यो मुल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ५०० रुपैयाँ कम हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ८ सय १० रुपैयाँ रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला १० ग्राम १ हजार ७ सय ३० रुपैयाँ कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।