सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो


साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार  ३०० रुपैयाँले घटेको सुनको भाउ आइतबार एक हजार रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३८७ दशमलव ०३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ९१ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।