प्रधानमन्त्री मोदीद्वारा भारतलाई ५० खर्ब डलरको अर्थव्यवस्था बनाउनेबारे छलफल


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार केन्द्र र राज्य सरकारहरू मिलेर सार्वजनिक कल्याणका लागि समन्वयात्मक प्रयासहरू गरेको अवस्थामा सरकारले विकसित भारतको लक्ष्य हासिल गर्न सक्षम हुने बताएका छन् ।

आइतबार समापन भएको भारतीय जनता पार्टी (भाजपा) मुख्यमन्त्री परिषद्को दुईदिने बैठकमा उनले विकसित भारतको अवधारणाका लागि सम्पदाको संरक्षण र विकासको विरासतको निर्माण महत्त्वपूर्ण भएको र यसमा सबैले ध्यान दिनुपर्ने बताए ।

भाजपाको सुशासन एजेन्डाअन्तर्गत यस्ता मुख्यमन्त्री परिषद्को बैठकहरू नियमित रूपमा आयोजना हुन्छन् । यो वर्षको दोस्रो बैठक थियो । भेटमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रलाई ५० खर्ब अमेरिकी डलर पु¥याउने, विकासका कार्यक्रममा जनसहभागिता बढाउने, सरकारी योजना जनतामाझ पु¥याउन विभिन्न सामाजिक सञ्जालको प्रयोग गर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष जगतप्रकाश नड्डा, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाहलगायत राष्ट्रिय नेताहरू सहभागी थिए । यसअघि शनिबार आफ्नो उद्घाटन सम्बोधनमा नड्डाले भने,“यी बैठकबाट हामीले तीनवटा फरक उपलब्धिहरू पाउँछौँ । पहिलो, हामीले हाम्रा सफल प्रधानमन्त्री र अन्य वरिष्ठ नेताहरूको बृहत् अनुभवको फाइदा लिन सक्छौँ ।

उक्त भेटमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानले नयाँ शिक्षा नीति कार्यान्वयनमा प्रदेश सरकारको भूमिकाबारे चर्चा गरे । बैठकमा प्रदेश सरकारबाट अपेक्षा राखेका विषयमा विस्तृत छलफल भएको थियो । परिषद्को प्रारम्भमा भाजपा शासित राज्यहरूका नवीन र सुशासन केन्द्रीत केही छनोट गरिएका प्रयास प्रस्तुत गरिएको थियो । छलफलमा महाराष्ट्र र हरियाणाका केही विशेष परियोजनाहरूबारे पनि छलफल भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।