पशुपति लगायत विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो (तस्बिरहरु)


आज साउनको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिर लगायत विभिन्न शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ।

साउन महिना भगवान् शिवको महिना मानिने र सोमबार भगवान् शिवजीको बार भएकाले शिबको व्रत वत्र बसी पूजा, आराधना गर्ने गरिएको हो ।

आज पशुपतिमा बिहान ३ बजेदेखि नै भक्तजनले पूजा, आराधना एवं दर्शन सुरु गरेका छन् । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ ।

साउनको दोस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल\रासस

साउनको दोस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा गर्न लामवद्ध भक्तजन । तस्बिर : हरिराम भेटुवाल \रासस

साउन महिनाको दोस्रो सोमबार डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर स्चन्द्रकला क्षेत्री\रासस

पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा सोमबार जलार्पण गर्न लामबद्ध भक्तजन । विशेषगरी हिन्दुधर्मालम्वीले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले आज भक्तजनको भीड भएको हो । तस्बिरः चन्द्रकला भण्डारी\रासस

दाङको घोराही उपमहानगरपालिका(१८ स्थित अम्बिकेश्वरी मन्दिरमा साउन महिनाको दोस्रो सोमबार पूजाअर्चना गर्दै भक्तजन । तस्बिर स् कुलदीप न्यौपाने \रासस

साउनको दोस्रो सोमबार टोखा नगरपालिका–१ झोरमा अवस्थित बौडेश्वरमा पूजाआराधना गर्न आएका भक्तजनको घुइँचो । तस्बिरः हरिराम भेटुवाल\रासस

महोत्तरीको जलेश्वर नगरपालिकाको–१ मा अवस्थित पौराणिक एवं ऐतिहासिक बाबा जलेश्वरनाथ मन्दिरमा साउन महिनाको दोस्रो सोमबार दर्शन एवं पूजा गर्न आएका भक्तजन। तस्बिरः सञ्जीतकुमार मण्डल\रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।