ग्राण्डीमा आर्थोस्कोपी शल्यक्रिया गरेका बिरामीहरूको फुटसल प्रतियोगिता


ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको हाडजोर्नी विभागअन्तर्गत रहेको आर्थोस्कोपी तथा आथ्र्रोप्लाष्टिक विभागले आज आयोजना गरेको कार्यक्रममा सर्जरी गरेका विरामीले आफूलाई हिँडडुलमा धेरै सहज भएको बताएका हुन् ।

अस्पतालका आथ्र्रोस्कोपी तथा आथ्र्रोप्लाष्टिक विशेषज्ञ एवम् अर्थोपेडिक सर्जन डा विभुतीनाथ मिश्रले आथ्र्रोस्कोपी सर्जरी दुरविन पद्दतीबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्दती भएको बताए ।

सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई आथ्र्रोस्कोपी भनिने उनको भनाई थियो । उनले ग्राण्डी अस्पतालले हालसम्म अर्थोपेडिक सर्जरी सयभन्दा बढी गरिसकेको बताए । डा मिश्रले आर्थोस्कपिक प्रविधीद्वारा मानव शरीरमा भएको जोर्नीहरु जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नि भित्रको रोगको निदान र उपचार गर्न सम्भव हुने बताए ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डाक्टर विनोद विजुक्छेले सबै घुँडाका विरामीले घुँडा दुख्दैमा शल्यक्र्रिया गर्नुपर्छ भन्ने नरहेको बताए । “कुनै रोग फिजियोथेरापीबाट र कुनै रोग औषधीबाट निको हुन्छ, दुबैबाट निको नभएका विरामीलाई बल्ल शल्यक्र्या गरिन्छ,”उनले भने ।

उनले खेलकुदसँग सम्बन्धित चोटपटकलाई उपचार गर्ने विधि आथ्र्रोस्कोपी सर्जरी भएको बताए । उक्त सर्जरीबाट खेलाडीहरु पुन खेल क्षेत्रमा फर्कन सहज हुने गरेको डा विजुक्छेको भनाई छ ।आथ्र्रोस्कोपी सर्जरी गरेका बिरामीहरुले पनि फुटबल खेल्न सक्छन र अन्य सामान्य दौड धुप समेत गर्न सक्छन भन्ने देखाउन डाक्टर, बिरामी र फिजियोथेरापीस्ट सहितको फुटसल प्रतियोगिता समेत आयोजन गरिएको थियो ।

लामो समयदेखि घुँडाको समस्या भएका विरामीले आथ्र्रोस्कोपी सर्जरी गरेपछि हिँडडुल गर्न सहज भएको बताएका छन् । कार्यक्रममा १२ वर्षदेखि घुँडाको समस्या देखिएका डिकेश मल्होत्राले आफूलाई फुटबल खेल्दा घुँडा सारै दुख्ने र डाक्टरकोमा जाँदा ठिक छ मात्र भन्ने गरेपनि रोग पत्ता लगाउन नसक्दा समस्या भएको बताए । “ग्राण्डीमा आएर घुँडा देखाउँदा आथ्र्रोस्कोपी सर्जरीको सल्लाह दिएपछि उक्त सर्जरी गर्दा मलाई ठिक भएको हो,”उनले भने । १२ वर्षदेखि कुनै डाक्टरले नदेखेको समस्या ग्राण्डीले देखेर सन्चो बनाईदिएकोमा आफूलाई ज्यादै खुशी लागेको बताए ।

यस्तै, विश्मा राईको पनि घुँडा दुख्ने समस्या लामो समयदेखिको हो । हिँडडुल गर्न समस्या भएकी विश्मापनि ग्राण्डीमा आएर सर्जरी गरेपछि ठिक भए । उनले सर्जरी गरेको चार महिनापछि हिँडेर सगरमाथा आधारशिविर पुगेको आफ्नो अनुभव कार्यक्रममा सुनाए ।

पोखराका दीपक पौडेलको पनि आथ्र्रोस्कोपी सर्जरीबाट घुँडा दुख्ने समस्या कम हुँदै गएको छ । “ग्राण्डीका डाक्टर र नर्सको व्यवहारले मलाई चाँडो निको हुन मद्दत पुग्यो,” उनले भने । उनको घुँडा लक भएको कारण घुँडाको केही भाग डाक्टरले खुर्केर फालेका थिए ।

नेपाल इनभेष्टमेन्ट मेगा बैँक जोरपाटी शाखाका शाखा प्रबन्धक दिवाकर चालिसे पनि ग्राण्डीले दिएको सेवाबाट सन्तुष्ट छन् । उनले उक्त अस्पतालका थेरापिस्टले दिएको सेवा सारै राम्रो लागेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।