अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन मुद्राको भाउ कति ?


मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसामा कारोबार भइरहेको छ । अमेरिकी डलरको भाउ सोमबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६५ पैसा र बिक्री दर १७२ रुपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५३ पैसा र बिक्री दर ८७ रुपैयाँ ९२ पैसा रहेको छ ।.

सोमबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८१ पैसा र बिक्री दर २८ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७९ पैसा रहेको छ । मंगलबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७१ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।