शुभ लक्ष्मी कोषको लाभांश घोषणा


लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, शुभ लक्ष्मी कोषले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको हो ।

कोषले इकाईधनीहरुलाई ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन १४ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ कोषले साउन १५ गते अर्थात आज नै बुकक्लोज गर्ने भएको छ। यस अनुसार हिजोसम्म कायम रहेका इकाईधनीहरुले मात्र कोषले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।