तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता, एक हजार १३७ उद्योग नवीकरण


आर्थिक वर्ष २०८०\८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् ।

उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् ।

आव २०७९\८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । सो आवमा ५१ लाख २१ हजार आठ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । आव २०७९\८० मा ६६ लाख चार हजार एक सय ६५ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।