सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा


सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले बिहान ८ बजे एफपीओ बाँडफाँड गरेको हो ।

जसमा ४ हजार ६७२ जनाले १० कित्ताका दरले ४६ हजार ७२९ कित्ता सेयर हात पारेका छन् । बाँकी रहेको ९.५४ कित्ता ९ जनालाई १–१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।

लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गरेको थियो।

सो शेयरमा कुल १५ लाख ६४ हजार ४२३ आवेदन गरेको थियो। जसमध्ये १ हजार १०१ आवेदन रद्द भएका छन् भने १५ लाख ६३ हजार ३२२ आवेदन स्वीकृत भएका छन्।

यसरी हेर्नुस् नतिजा

लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेभसाईट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।