यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व सङ्कलन


यातायात व्यवस्था कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०\८१ मा ६५ करोड ३१ लाख ६३ हजार ९६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नरेन्द्र शाहका अनुसार सवारीसाधन करबाट सबैभन्दा बढी ४९ करोड ७९ लाख ६० हजार तीन सय ५८ रुपैयाँ र सबैभन्दा कम प्रशासनिक सेवा शुल्कबाट १९ हजार नौ सय रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट १४ करोड २७ लाख २६ हजार नौ सय ५८ रुपैयाँ, बाटो इजाजत, प्रदुषण र जाँचपासबाट एक करोड १७ लाख ७३ हजार तीन सय ५५ रुपैयाँ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट पाँच लाख ६३ हजार चार सय २५ रुपैयाँ सङ्कलन गरेको छ ।

कार्यालयको बेरुजु एक लाख १९ हजार एक सय रुपैयाँ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो कार्यालयले अघिल्लो आव २०७९\८० मा विभिन्न राजस्व शीर्षकबाट ६३ करोड ९४ लाख ३० हजार चार सय १४ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा एक करोड ३७ लाख ३२ हजार छ सय ८२ रुपैयाँले राजस्व रकम वृद्धि भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।