अमेरिकी डलरको भाउ सामान्य घट्यो, युरोको मूल्यमा भने वृद्धि


बिहीबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसामा रहेको छ । बुधबार अमेरिकी डलर १३३ रुपैयाँ ६७ पैसा (खरिद दर) र बिक्री दर १३४ रुपैयाँ २७ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसामा कारोबार भइरहेको छ । बुधबार युरोको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसामा कारोबार भएको थियो ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७० पैसा र बिक्री दर १७२ रुपैयाँ ४७ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९५ पैसा र बिक्री दर ८७ रुपैयाँ ३४ पैसा रहेको छ ।.

बिहीबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०९ पैसा र बिक्री दर २९ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५ रुपैयाँ ७८ पैसा रहेको छ । बिहीबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।