एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको प्रतिफल घोषणा


एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले प्रतिफल घोषणा गरेको छ। गत फण्डले आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

फण्डको  साउन १७ गते बसेको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। फण्डले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने छ ।

लाभांश वितरण प्रयोजनार्थ फण्डले साउन १७ गते अर्थात आज नै बुकक्लोज गर्ने भएको छ। जस अनुरुप साउन १६ गते बुधबारसम्म कायम रहेका इकाईधनीहरुले, फण्डले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यो एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत थप इकाईहरु पनि खरिद गर्न सक्नेछन्। पुनः लगानी गर्न इच्छुक इकाईधनीहरुले साउन ३२ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने क्यापिटलले बताएको छ। यसको कोष प्रवर्द्धक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।