प्रभु बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख लिएर मेनेजर फरार भएका छन् । झापा बिर्तामोडको प्रभु बैङ्कका मेनेजर एक करोड १७ लाख रुपैयाँ खाताबाटै गायब बनाइ फरार भएको पीडितले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
बिर्तामोड –५ स्थित मम फ्याक्ट्रीका सञ्चालक टीकाराम नेपालले आफ्नो श्रीमती मन्जु नेपालका नाममा रहेको प्रभु बैङ्क बिर्तामोड शाखाबाट आफ्नो एक करोड १७ लाख रुपैयाँ गायब गरिएको बुधवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी बताए ।
बिर्तामोड निवासी नेपालले श्रीमती मन्जु नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैङ्कको बिर्तामोड शाखामा एक करोड १९ लाख रुपियाँ जम्मा गरेकोमा ६ महिनापछि खातामा ब्यालेन्स चेक गर्न जाँदा आफ्नो खातामा २ लाख मात्र बाँकी मौज्दात देखिएको उनले बताए ।
बैङ्कका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरी आफ्नो मोबाइल अफ गरेर सम्पर्कविहीन बनेको छ । मेनेजरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको छ । त्यसबारे बैङ्कका प्रबन्धक गणेशबहादुर बरालले नेपालले व्यक्तिगत उजुरी हालेको बताउँदै बैङ्कले पनि केन्द्रबाटै छानबिन समिति बनाएर अनुसन्धान प्रक्रिया सुरु गर्ने बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया