डलरको कारोबार गर्दै हुनुहुन्छ ? हेनुस् शुक्रबारको भाउ


शुक्रबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसामा रहेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसामा कारोबार भइरहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३६ पैसा र बिक्री दर ८७ रुपैयाँ ७५ पैसा रहेको छ ।.

शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ २५ पैसा र बिक्री दर २९ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५ रुपैयाँ ७८ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ७३ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।