स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, यस्ता छन् अन्य सूचक


स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको खुद नाफा ४.५१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४.५१ प्रतिशत घटेको हो। आर्थिक वर्षको चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशतले घटेको छ । बैंकको गत आर्थिक वर्ष ५ अर्ब १५ करोड ४४ लाख ९४ रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ अर्ब ९५ करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको थियो ।

यता, खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशत बढेर १ अर्ब ४१ करोड ५७ लाख ८४ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशतले घटेर ७ अर्ब २५ करोड २१ लाख ७८ हजार रुपैयाँ र सञ्चालन मुनाफा ४.५३ प्रतिशतले घटेर ४ अर्ब ७४ करोड ६५ लाख ६ हजारमा सिमित भएको छ।

यता, बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा १ रुपैयाँ ६६ पैसा घटेर ३५ रुपैयाँ ९ पैसामा सीमित भएको छ।  असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१८ रुपेयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.२१ गुणा रहेको छ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको जगेडा कोषमा ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ।  यस अवधिमा बैंकको खराब कर्जा अघिल्लो वर्ष १.१८ प्रतिशत बढेर २.१४ प्रतिशत पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७६.८३ प्रतिशत, आधार दर ६.६ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।