आइतबार सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार २२ क्यारेटको सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार २२ क्यारेटको सुन १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ४४१ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ५६ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।