समाज लघुवित्तको नाफा ३२.३४ % ले घट्यो, प्रतिसेयर आम्दानी कति ?


समाज लघुवित्त वित्तीय संस्थाको नाफा ३२.३४ प्रतिशतले घटेको छ । आर्थिक वर्ष (२०८०\८१) को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.३४ प्रतिशत घटेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेर दुई करोड २ लाख ६४ हजार रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी ३.१२ प्रतिशत घटेर ६० लाख २२ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २.२७ प्रतिशत बढेर २ करोड ६९ लाख ४२ हजार रुपैयाँ पुगेको छ। निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.७८ प्रतिशतबाट बढेर ४.८२ प्रतिशत पुगको छ भने लघुवित्तकोे सम्भावित जोखिम बापतको व्यवस्थामा ३ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा घटेर २२ रुपैयाँ ४५ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ ९७ पैसा रहेको छ।

लघुवित्तले २४ करोड ६५ लाख रुपैयाँ सापटी र १६ करोड ५ लाख रुपैयाँ निक्षेपबाट ४४ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको चुक्ता पूँजी २ करोड २८ लाख रुपैयाँ रहेको छ भने लघुवित्तको जगेडा कोषमा २ करोड ९६ लाख रुपैयाँ सञ्चित छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।