सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमिती चयन, अध्यक्षमा रघु नन्दन मारु, महासचिवमा राजाराम खड्का


यहि शनिबार काठमाडौमा सम्पन्न नेपाल सिमेन्ट उत्पादक संघको २० औं साधारणसभाबाट नयाँ कार्यसमिती चयन भएको छ ।

उक्त साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा रघुनन्दन मारु चयन भएका छन् भने उपाध्यक्षमा डा ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन् त्यसै गरि महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन् ।

तिन बर्षको नया कार्यसमितिको कार्यकाल हुने संधका सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य सांघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा सर्वसम्मत भएका छन् । राजन कुमार झा संघको आमन्त्रित सदस्यमा सर्वसम्मत भएका छन् ।

यस्तै सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुराराका र साहिल अग्रवाललाई मनोनित गरेको छ । नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उघोगमा देखिएका समस्याहरुको समाधान खोज्ने र सबै पक्षहरुलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै चुन ढुङ्गा उत्खनन र विघुत बैकिङ्ल गायतका समस्या समाघान का लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।