भारतद्वारा तेस्रो र तल्लो अरूणका लागि ९२ अर्ब ६७ करोड लगानी स्वीकृत


भारत सरकारले नेपालको जलविद्युत्‌मा लगानी गर्न ९२ अर्ब ६७ करोड २० लाख रुपैयाँ स्वीकृत गरेको छ ।

भारतीय कम्पनी एसजेभीएन लिमिटेडले नेपालमा निर्माण गरिरहेको ९०० मेगावाटको अरूण तेस्रो र ६६९ मेगावाट क्षमताको तल्लो अरूणका लागि लगानी स्वीकृत गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले पाँचहजार ७९२ करोड भारतीय रुपैयाँ स्वीकृत गरेको बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।