अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो


सोमबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसामा रहेको छ । अमेरिकी डलरको भाउ आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको खरिद दर १४५ रुपैयाँ ८६ पैसा र बिक्री दर १४६ रुपैयाँ ५२ पैसामा कारोबार भइरहेको छ । आइतबार युरोको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसामा कारोबार भएका थियो ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६७ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ १४ पैसा र बिक्री दर १७१ रुपैयाँ ९१ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०५ पैसा र बिक्री दर ८७ रुपैयाँ ४४ पैसा रहेको छ ।.

सोमबार मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७३ पैसा र बिक्री दर २९ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ७९ पैसा रहेको छ । सोमबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।