सुनको भाउमा नयाँ रेकर्ड


सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको भाउले सोमबार रेकर्ड कायम गरेको हो ।
आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्म कै उच्च हो ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार २२ क्यारेटको सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार २२ क्यारेटको सुन १ लाख ३७ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४५४ दशमलव १९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ६१ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।