चिलिमे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी १ अर्ब १२ करोड


चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको असार समान्तसम्ममा विद्युत बिक्री मार्फत १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १२ करोड ८६ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ०.५८ प्रतिशत बढेर ६५ करोड २९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ६४ करोड ९२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४.४२ प्रतिशतले बढेर ७० करोड ८१ लाख रुपैयाँ पुगेको छ भने वित्त आम्दानी ३४.८२ प्रतिशतले घटेर १६ करोड ८१ लाख रुपैयाँमा सिमित भएको छ । अन्य आम्दानी ८.७२ प्रतिशतले घटेर ५८ लाख ३९ हजार रुपैयाँमा कायम भएको छ ।

यस्तै, प्रतिशेयर आम्दानी ७७ पैसा घटेर ८ रुपैयाँ १८ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ १९ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५७.४३ गुणा रहेको छ। कम्पनीको चुक्ता पूँजी ७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ८० करोड ९७ लाख रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।