नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक


नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका पूजनीय पिता श्रवण कुमार अग्रवालको ७७ वर्षको उमेरमा श्रावण २१ गते सोमबार उनको निवास सानेपामा स्वर्गारोहण भएको हो ।

औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल थिए । सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय रहेका अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग संचालनमा छन् ।

मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय अग्रवाल दुई पटक संविधान सभाको सदस्य रहे । गौशालालगायत अन्य पठ मन्दिर निर्माणमा योगदान गरेका उनले संस्थागत एवं व्यक्तिगत रुपमा सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आएका थिए । स्वर्गीय अग्रवालका श्रीमती दुलारी, एक छोरी बबिता, दुई छोराहरु राजेश र विष्णु छन् ।

स्वर्गीय अग्रवालको पार्थिव शरीरलाई आज मंगलबार बिहान ११ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । स्वर्गीय अग्रवालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष राजेशकुमार अग्रवाललगायत परिवाजनप्रति परिसंघले समवेदना प्रकट गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।