बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


बैंकिङ कसुर मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर तुम्वेवा गा.पा.वडा नं.५ घर भइ हाल भक्तपुर सु.न.पा. ४ बालकोट बस्ने ३० वर्षीय राजेन चाम्लिङ राई रहेका छन्।

उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सोमबार कोटेश्वर पेरिसडाँडाबाट पक्राउ गरीको हो। उनीमाथि काठमाण्डौं जिल्ला अदालतमा बैंकिङ कसुर मुद्दा परेको थियो।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी कारबाहीको लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।