उद्योगपति अग्रवालको निधन


संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ ।

मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उनी नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् ।

नेपाल उद्योग परिसंघले आज शोक विज्ञप्ति निकालेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । स्वर्गीय अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए । उनको श्रीमती, दुई छोरा र एक छोरी छन् । पशुपति आर्यघाटमा आजै उनको अन्तिम संस्कार गरिने परिसंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।