नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल


नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) बिक्री गर्ने भएको छ। यससम्बन्धमा कम्पनीले एनआईएमबि एस क्यापिटल लिमिटेडसंग सम्झौता गरेको छ।

उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नेपाल माइक्रो इन्स्योरेन्सको लागि एनआईएमबि एस क्यापिटलले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्नेछ। नेपाल माइक्रोले चुक्तापूंजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ बिक्रीमा ल्याउन लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ ल्याउने भएको हो।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई नेपाल माइक्रो २०७१ साल चैत २७ गते निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० साल बैशाख २६ गतेदेखि संचालनमा आएको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।