सुनको मुल्य अहिलेसम्मकै उच्च


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।