गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा


गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले एक लाख ८ हजार १३०.३२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । संस्थापक सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ ।

संस्थापक शेयरधनीहरुबीच खरिद– बिक्री हुन नसकेको अवस्थामा मात्र उक्त शेयरहरु नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको अधिनमा रही अन्य व्यक्ति वा संस्थाहरुलाई बिक्री गर्ने बैंकले जनाएको छ ।

संस्थापक सेयरधनीहरुले कार्तिक १२ गते भित्र बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौंमा निवेदन पेश गर्न सक्ने छन् ।

उक्त समय भित्र कोही कसैको निवेदन प्राप्त नभएमा नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उपरोक्त शेयरहरु बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाईने बैंकले जनाएको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।