सोमबार पनि घट्यो सुनको भाउ


नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ । आइतबार ६०० रुपैयाँले घटेको सुनको भाउ सोमबार प्रतितोला १०० रुपैयाँ घटेको हो ।

सोमबार छापावाला सुनको भाउ १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ६५४ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ दशमलव ५९ डलरमा कारोबार भइरहेको छ ।