मंगलबार पनि घट्यो सुनको भाउ


नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । सोमबार प्रतितोला १०० रुपैयाँ घटेको सुनको भाउ मंगलबार प्रतितोला ५०० रुपैयाँ घटेको हो ।

सोमबार छापावाला सुनको भाउ १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ६४० दशमलव ०५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ दशमलव ३७ डलरमा कारोबार भइरहेको छ ।