सूनको मूल्य ८ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?


लगातार चार दिनसम्म ओरालो लागेको सुनको मूल्य आज बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मात्र होइन, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९३५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको वृद्धिले नेपाली बजारमा पनि यसको प्रभाव देखिएको छ । मंगलबार प्रतिऔंस २६३९.८७ डलर रहेको सुन बुधबार बढेर २६५४.२ डलर पुगेको छ । चाँदीको मूल्य पनि आज ३१.२४ डलर रहेको छ ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा थप परिवर्तन हुने अनुमान गरिएको छ ।