बाहिरी बजारका ग्राहकले समेत भाटभटेनी रोजेपछी कारोबार २५ प्रतिशतले बढ्यो


चाडबाडको समयमा खुद्रा बजारमा लाग्ने ग्राहकको घुइचो भाटभटेनीमा स्थान्तरण भएको छ । सबै समान एकै स्थानमा पाइने भएपछि बजार डुल्न भन्दा भाटभटेनी सु्पर स्टोरको ‘भिजिट’ सहज भएपछि ग्राहकको भिड बढेको हो ।

दसैंको समयमा सर्वसाधारणले अन्य समयको तुलनामा धेरै सपिङ गर्छन् । यो अवधिमा आफुलाई चाहिएको मात्र नभई मनपरेको समाग्री समेत खरिद गर्ने भएकाले बजारमा भिड बढ्ने गर्छ । तर, यस वर्षको दसैँको समयमा अर्थतन्त्रमा देखिएको सुस्तता र समग्र बजारको मागमा आएको कमीले अन्य खुद्रा बजारमा खासै उल्लास देखिँदैन । भाटभटेनी सुपर स्टोर हरेक आउटलेटमा भने ग्राहक खचाखच भरिएको अवस्था छ ।

भाटभटेनीले दसैंको अवसरमा अधिकांश समानमा छुट योजना सञ्चालन गरेको छ । सस्तो मूल्यको वस्तुदेखि ब्राण्डेड सामाग्रीसम्म भाटभटेनीमा एकै छानामुनि पाउन सकिन्छ । साथै खाद्यान्न, लत्ता कपडा देखि इलेक्ट्रीक होम एप्लायन्स लगायतका सबै समान पाइने भएकाले बजारबजार डुल्नु भन्दा भाटभटेनी गएपछि सबै पाइन्छ भन्ने मानसिकताले पनि ग्राहकको सेवामा भाटभटेनीलाई भ्याइ नभ्याइको अवस्था बनेको हो ।

ग्राहकको भिड बढेसंगै कारोबार पनि एक चौथाइले बढेको भाटभटेनीका प्रमूञ्चालन अधिकृत पानु पौडेलले बताए । “गत वर्षको दसैँको तुलनामा यो वर्ष करिब २५ प्रतिशतले भाटभटेनीको कारोबार बढेको छ,” पौडेलले भने,“बाहिरको बजारमा खासै चहपहल नदेखिएपनि भाटभटेनीमा ग्राहकको घुइचो नै छ ।”

सबै समान एकै स्थानमा पाइने तथा बाहिरी बजारको तुलनामा मूल्यमा पनि फरक नभएकाले अकर्षण बढेको पौडेलको भनाइ छ । ग्राहक सेवा र सन्तुष्टिलाई केन्द्रमा राखेर विगत ४० वर्ष देखि खुद्रा व्यापारको सेवा दिदै आएको भाटभटेनीले हरेक वर्ष ग्राहकको माया बढाउदै लगेकोे उनको बुझाइ छ । भाटभेनीले दिएको सेवा प्रति ग्राहकको विश्वास बढेको हुनाले नै ग्राहकको भिड हरेक वर्ष बढ्दै गएको हो ।

२०८१ सालको दसैँमा भाटभटेनीमा सामान खरिद गर्दा ७० प्रतिशत सम्मको छुट आफर सञ्चालनमा छ । ब्राण्डेड सामानहरुमा ३० देखि ७० प्रतिशत सम्म डिस्काउन्ट अफर रहेको बताउदै पौडेलले भने,“भाटभटेनीमा पाइने हरेक प्रकृतिका समानमा डिस्काउन्ट अफर छ ।” ग्रोसरी आइटममा समेत समान अनुसारको छुटको अफर चलेको उनले जानकारी दिए । सहज पार्किङको सुविधा संगै सबै समान एकै ठाउँमा पाइने भएकाले पनि बाहिरका ग्राहक समेत भाटभटेनीमा सिफ्ट भएको उनको बुझाइ छ ।