दसैंमा खानेकुराहरू कसरी मिलाएर खाने ?


दसैँ भन्ने बित्तिकै ठुलाबडाको आर्शिवाद थाप्ने र मीठो मसिनो खाने चाडका रूपमा बुझिन्छ । त्यसैले दसैँको खानपान विशेष हुने गर्छ ।

यद्यपि दसैँको खान्कीमा रमाउँदा केही कुरामा भने सतर्क हुनु पर्दछ । दसैँमा धेरैले, एकै पटक टन्न मासु पकाउने, खाने गर्दछन् । जो हानिकारक हुन सक्छ । त्यसैले दसैँको खानपानमा सावधानी अपनाउनै पर्छ ।
दसैमा खानेकुराहरु कसरी मिलाएर खाने जान्नका लागि निम्न लिखित बुँदाहरु पढ्नुहोस् स्

मदिरा सेवन गर्नु अघि पानी

कतिपय मानिसहरु दसैँमा मनमस्त भई मदिरा पिउँछन् । सकेसम्म त मदिरा नपिएकै राम्रो मानिन्छ । तर पिउनै परे पनि सलादको मात्रा बढाउदा स्वस्थवर्धक हुने गर्छ । मदिरा सेवन गर्नुअघि पर्याप्त पानी वा जुस सेवन गर्नुपर्छ । यसले मदिराको असर कम हुन्छ ।

शारीरिक व्यायाम गर्ने

धेरै मानिस दसैँमा आराम गरेर बिताउँछन् । तर टन्न मीठो मसिनो खाएपछि त्यस अनुरूप शारीरिक काम वा व्यायाम पनि गर्नु पर्दछ । अन्यथा खाएको कुरा पचाउन सकिँदैन । त्यसैले शारीरिक गतिविधिमा जोड दिनुपर्छ र व्यायामलाई निरन्तरता दिनुपर्छ ।

धेरै परिकार एकै पटक नखाने

खानपानका विषयमा धेरैले गर्ने गल्ती हो, एकसाथ धेरै परिकार बनाएर खाने । अझ यसमा माछा मासु, दुधदही, मिठाई, फलफूल सेवन गर्छौ । तर सबै खानेकुरा एकसाथ मिसाएर सेवन गर्दा त्यसको रासायनिक प्रतिक्रिया हुन्छ र फुड पोइजन हुनसक्छ । त्यसैले आपसमा खान नमिल्ने खानेकुरा खानु हुँदैन । यो पाचन प्रणालीको लागि घातक हुन्छ ।

दही र फलफूल नखानु बेस

कतिपयले दही र फल एकसाथ सेवन गर्छन् । अझ दही, फल मिसाएर डिजर्टसमेत बनाउने गरिन्छ । तर दही र फल एकसाथ सेवन गर्दा त्यसबाट एसिड पैदा हुन्छ । जसकारण एसिडिटी हुन सक्छ ।

कागती र दूध एकैपटक नखाने

कागती र दूध दुवै फाइदाजनक छन् । तर अलग अलग खाँदा । दूध र कागती एकसाथ मिसाएर सेवन गर्दा स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसले पेटमा समस्या पैदा गर्छ ।

सलाद खाने

दसैँमा माछा मासु लगायतका कुनै परिकार खाँदा अनिवार्य त्यस परिकार सङ्ग सलाद खानु पर्दछ । अन्यथा अपच हुनसक्छ ।

प्रकाशित मिति: २८ असाेज २०८१, सोमबार  १३ : २४ बजे