ग्लोबल आइएमई बैंक र महालक्ष्मीविकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमईको तर्फबाट सिईओ सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास सिईओ दिपेश लम्सालले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीतपत्र (लेटर अफक्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्गआदि सुविधा महालक्ष्मी विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन ।

ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ख्याति प्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी हजार भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवाप्रदानगर्ने बैंक हो जसले विभिन्न सेवातथा सुविधा सहितका योजनामार्फत आफ्ना समस्तग्राहकलाई उत्कृष्ट सेवाप्रदानगर्दै आइरहेको छ ।

यसैगरी ‘‘सबल बैंक, सफल सहकार्य’’भन्ने नाराका साथ वि.सं. २०५२ मा स्थापितमहालक्ष्मीविकास बैंकले नेपालमा अग्रणी विकास बैंकको रूपमाआफ्नो परिचयबनाएको छ । बैंकले देशभर रहेका आफ्ना १०३ वटा शाखाकार्यलय, ४९ एटिएमका साथ ८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।