कर छलेर ल्याइएका सामान बरामद


वीरगञ्ज । सशस्त्र प्रहरी बलले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज छन् ।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए ।

यसअघि यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार आठ सय रुपैयाँ बराबरका कपडा बरामद गरिएको थियो ।