सन नेपालले पायो आइएसओ प्रमाणपत्र


सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युकास (युनाइटेड किङडम एक्रीडिएसन सर्भिस) बाट मान्यताबाट एमटिभो लिमिटेड युके बाट मान्यता प्राप्त आइएसओ रआईईसी २७००१ :२०२२ को प्रमाणपत्र प्राप्त गरेको छ ।

यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेको छ भन्ने पुष्टि गरेको कम्पनीको दाबी छ । साथै यसले अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्ने कम्पनीको दाबी छ ।

कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा आइएसओरआईईसी २७००१:२०२२ सम्परीक्षण गरेको हो ।

नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी आइएसओरआईईसी २७००१: २०२२ को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।

यसबाट कम्पनीले हरेक प्रक्रियाहरुमा के कस्ता जोखिमहरु छन्, त्यसको अल्पकालिन तथा दीर्घकालिन प्रभावहरु के हुन सक्छन् एकिन गर्ने र त्यसको नियन्त्रणको लागि फष्ट लाइन डिफेन्सबाटै जोखिम न्युनिकरणको रणनीति तयार गर्ने दाबी गरेको छ ।

आइएसओरआईईसी २७००१:२०२२ को मान्यता प्राप्त गरेसँगै समय समयमा हुने परीक्षणहरुबाट कम्पनीको सुचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ ।

निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने कम्पनीले विश्वास लिएको विज्ञप्तीमा उल्लेख छ ।