लक्ष्मी सनराइज बैंकको नाफा ४२०% ले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि


लक्ष्मी सनराइज बैंक लिमिटेडको नाफा ४२० प्रतिशतले बढेको छ । बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२० प्रतिशत बढेको हो ।

चालु आर्थिक वर्षमा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२०।५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७५ प्रतिशतले घटेर २ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा झरेको छ भने बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १४ करोडबाट घटेर १ अर्ब १६ करोडमा सीमित भएको छ।

बैंकको खुद फि तथा कमिशन आम्दानी २४.५८ प्रतिशतले बढेर ४८ करोड ७२ लाख रुपैयाँ पुग्दा कुल सञ्चालन आम्दानी २.५८ प्रतिशत घटेर ३ अर्ब ४१ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ ।

यता, बैंकको सञ्चालन मुनाफा ४२५.२३ प्रतिशत बढेर ७५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ३५ पैसा बढेर ९ रुपैयाँ २५ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८।९२ गुणा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा वितरणयोग्य मुनाफा १ अर्ब ४९ करोड ९ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४३ पैसा रहेको छ। चुक्ता पूँजी २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: ७ कात्तिक २०८१, बुधबार  ०७ : ४३ बजे