हिमालयन बैंकको खुद नाफा ७२ करोड ६४ लाख, प्रति सेयर आम्दानी कति ?


हिमालयन बैंक लिमिटेडले ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.२२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी २२.८८ प्रतिशतले घटेर २ अर्ब ४५ करोड ९ लाख रुपैयाँ र खुद फि तथा कमिशन आम्दानी १५.६८ प्रतिशत घटेर २४ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २०.२२ प्रतिशतले घटेर १ अर्ब ८१ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा २०.२२ प्रतिशतले बढेर १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसा घटेर १३ रुपैयाँ ४२ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ६८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६५ गुणा रहेको छ।

चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब २५ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: ७ कात्तिक २०८१, बुधबार  ०८ : ३२ बजे