नबिल बैंकले तीन महिनामै कमायो २ अर्ब ५ करोड


नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा कमाएको छ। सो बैंकले पहिलो ३ महिनामा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा ३६.०९ प्रतिशतले बढेर २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी भने ०.८१ प्रतिशतले घटेर ४ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ ।

समिक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ११ करोड १६ लाख रुपैयाँबाट घटेर अहिले ४५ करोड ७७ लाखमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाले बढेर २९ रुपैयाँ ८३ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २२९.४८ रुपैयाँ छ ।

नबिलको खराब कर्जा दर १.५८ प्रतिशत विन्दुबाट घटेर १.४२ प्रतिशतमा झरेको छ । चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ५ करोड २६ लाख रुपैयाँ छ ।

प्रकाशित मिति: ७ कात्तिक २०८१, बुधबार  १० : ३३ बजे