हिमालयन लघुवित्तको नाफा १ हजार १४३ %ले बढ्यो


हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार १४३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तको कुल सञ्चालन आम्दानी १७.७७ प्रतिशतले बढेर ८ करोड ८२ लाख रुपैयाँ र सञ्चालन मुनाफा १ हजार १४२.५३ प्रतिशतले बढेर १ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले बढेर ७ करोड २० लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.३४ प्रतिशतले घटेर १ करोड ४७ लाख रुपैयाँमा कायम भएको छ ।

लघुवित्तको इम्पेरमेन्ट चार्ज ६३ लाखबाट घटेर ११ लाखमा सीमित भएसँगै सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ४६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ८८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५६.३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३१ पैसा रहेको छ। चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १५ करोड ८९ लाख रुपैयाँ रहेको छ।

प्रकाशित मिति: ९ कात्तिक २०८१, शुक्रबार  ०७ : ५९ बजे