तुलसीपुर उपमहानगरपालिकाले सङ्कलन गर्यो ६ करोड राजस्व


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ६ करोड राजश्व सङ्कलन गरेको छ ।

चालु आवको साउन, भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिए । उनका अनुसार आव २०८०/८१ को सोही अवधिमा तीन करोड ५० लाख मात्रै राजश्व सङ्कलन भएको थियो ।

“चालु आवमा विगत वर्षभन्दा राजस्व वृद्धि हुने अनुमान गरिएको छ”, प्रमुख घर्तीले बताइन् । राजश्व चुहावट रोक्नुका साथै सरसफाई, व्यवसायलगायतमा कर लिन थालिएकाले राजश्व बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । उल्लेख्य रुपमा राजश्व संकलन भएको छ ।”

चालु आवमा ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको प्रमुख घर्तीले जानकारी दिइन् । गत आवमा ३६ करोड राजश्व सङ्कलन भएको थियो । चुहावट रोक्ने तथा करको दायरा फराकिलो बनाउनेतर्फ उपमहानगरपालिकाले जोड दिएको छ ।

प्रकाशित मिति: ९ कात्तिक २०८१, शुक्रबार  १७ : ०५ बजे