रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ


सुनको मूल्य रेकर्ड बिन्दुबाट सामान्य घटेको छ । आइतबार प्रतितोला १४ सय रुपैयाँले बढेर रेकर्ड बनाएको सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्म कै उच्च हो ।

महासंघका अनुसार सोमबार चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७२९.७ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३३.२६ डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: १२ कात्तिक २०८१, सोमबार  १० : ४२ बजे