मानुषी र श्रृजनशील लघुवित्तको मर्जर रद्ध


मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्तको मर्जर रद्ध भएको छ । श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै मानुषीले हालको अवस्थामा मर्जर सम्भव नभएको भन्दै मर्जर रद्ध गर्न भनेको थियो ।

यी दुई संस्थाबीच २०७९ चैत्र २ गते मर्जरको लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै २०८० पुस ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरी गत माघ ७ गते अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक र नेप्से पत्राचार गरिसकेको थियो ।

दुई लघुवित्तलाई राष्ट्र बैंककोे कात्तिक २ गतेको पत्र बमोजिम मर्जर रद्ध गर्न निर्देशन दिएको थियो । सो अनुरुप मर्जर प्रकिया रद्ध भएको हो ।

प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलबार  ११ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।