फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा


फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

लघुवित्तले हाय कायम चुक्ता पूँजीको ९.४७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ९ प्रतिशत बोनस शेयर रहेको छ भने कर प्रयोजनार्थ ०.४७ प्रतिशतका दरले नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १४ कात्तिक २०८१, बुधबार  ११ : २६ बजे