निफ्राका सेयरधनीको हात खाली


नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने जनाएको हो ।

कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा हालको लागि शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: १४ कात्तिक २०८१, बुधबार  १२ : ४६ बजे