तिहारपछिको पहिलो कारोबार दिन घट्यो सुनको मूल्य


तिहारपछिको पहिलो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । मंगलबार सुनको भाउ प्रतितोला दुई हजार ८०० रुपैयाँ घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघिको कारोबार दिन सुनको भाउ प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिको कारोबार दिन चाँदी प्रतितोला दुई हजार १२० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७३३.९२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.४७ डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: २० कात्तिक २०८१, मंगलबार  १० : २९ बजे