बुधबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । मंगलबार २८ सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला ३०० रुपैयाँ बढेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार चाँदी प्रतितोला दुई हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७३८.१८ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.२३ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया