नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज अपराहन्न २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद बारे आफ्नो असहमतिका बाबजुत पनि प्राधिकरणले काटिएका उद्योगका लाइन जोड्नुपरेपछि आफ्नो धारणा सार्बजनिक गर्न लागेका हुन् ।
गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवादमा विद्युत् आपूर्ति बन्द गरिएका ६१ उद्योगमा लाइन जोड्न निर्देशन दिएको थियो ।
त्यसपछि सोमबार ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ती उद्योगमा लाइन जोड्न निर्देशक दिएको थियो । बक्यौता नउठाइ लाइन जोड्न नहुने अडानमा रहेका कार्यकारी निर्देशक घिसिङले काटिएका उद्योगमा मंगलबार राति लाइन जोडेका थिए । यसै विषयमा आफ्नो धारणा राख्न घिसिङले पत्रकार सम्मेलन गरेका हुन् ।
प्रतिक्रिया