सानिमा जिआईसी इन्स्योरेन्सको नाफामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०।६० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ०।९२ प्रतिशतले बढेर १० करोड ८३ लाख रुपैयाँ बढेको छ भने कुल आम्दानी २४।७५ प्रतिशतले बढेर २७ करोड ६४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा ८।५७ प्रतिशत घटेर ६ करोड १४ लाख रुपैयाँले बढेको छ भने कुल खर्च ४।८३ प्रतिशतले बढेर २० करोड ३७ लाख रुपैयाँ पुगेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ३ रुपैयाँ ४१ पैसा बढेर १० रुपैयाँ १७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६५।०२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५७ पैसा रहेको छ।
चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा ६१ करोड ९२ लाख रुपैयाँ, महाविपत्ती कोषमा ४ करोड ६ लाख रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया