राष्ट्र बैंकको खुदा नाफा पौने ७४ अर्ब, सरकारले ३७ अर्ब पाउने


नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा २१.९६ प्रतिशतले धेरै हो ।

केन्द्रीय बैंकको यो नाफा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभरहानि समायोजन अघिको खुदआय हो । बैंकले आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने भएको हो । गभर्नर महाप्रसाद अधिकारीले आइतबार अर्थमन्त्रीलाई केन्द्रीय बैंकको गत अवाको वर्षिक प्रतिवेदन बुझाउदै सरकारलाई आउने रकमको बारेमा जानकारी गराएका हुन ।

२०८१ असार मसान्तको वित्तीय विवरण अनुसार केन्द्रीय बैंकको सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । बैंकको यो सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३०.१५ प्रतिशतले धेरै हो ।

केन्द्रीय बैंकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैँकहरूको कुल सम्पत्तिरदायित्व १२.९ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकहरूको ७.९ प्रतिशतले वृद्धि भई ७ खर्ब १७ अर्ब र वित्त कम्पनीहरूको ११.२ प्रतिशतले वृद्धि भई १ खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्तिरदायित्व १।३ प्रतिशतले घटेर ५ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म २ खर्ब ५७ अर्ब ७२ करोड कर्जा र १४ खर्ब ३० अर्ब ४६ करोड रुपैयाँ  निक्षेप सुरक्षण गरेको छ । कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०८0/८१ मा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी र ५७ लघुवित्त वित्तीय संस्थाले जम्मा ५८ लाख १५ हजार ८ सय ३५ कर्जाको सूचना माग गरेका थिए ।उक्त केन्द्रमा कालो सूचीमा सूचीकृत ऋणीहरूको संख्या ९४ हजार ४ सय ७७ रहेको छ ।

विश्व आर्थिक वृद्धिदर सन् २०२४ र २०२५मा ३.२ प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय मुद्राकोषद्वारा २०२४ अक्टोबरमा प्रकाशित वल्र्ड इकोनोमिक आउटलुक अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२३ मा ३.३ प्रतिशत रहेको छ । सन् २०२४ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत रहने अनुमान छ । सन् २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ४.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ८.१ प्रतिशत रहेको थियो ।

राष्ट्रिय तथ्याङ्कका र्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान छ । समीक्षा वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन ३.०५ प्रतिशतले र गैर–कृषि क्षेत्रको उत्पादन ३.७५ प्रतिशतले बढेको अनुमान छ ।

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति २०८० साउन ७ गते सार्वजनिक गरिएको थियो । वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो । साथै न्यूनतम ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । गत आवमा कुल वस्तु व्यापार घाटा १।० प्रतिशतले घटेर १४४० अर्ब ६० करोड रहेको छ । यो कुल गार्हस्थ्य उत्पादनको २५.३ प्रतिशत हो ।

बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या २०८१ असारमा १०७ रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन् । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ११ हजार ५ सय ३० रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीको लागि निष्काशन गरिएका थिए । २०८१ असार मसान्तसम्ममा कुल ६ खर्ब ९० अर्ब १५ करोड बराबरका विभिन्न दरका नोटहरू चलन चल्तीमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा आरटीजीएसबाट कुल ८ लाख २८ हजार ९ सय ७८ कारोबार मार्फत ३८३ खर्ब ६३ अर्ब ९५ करोड रुपैयाँ बराबरको नेपाली मुद्रा कारोबारको फछ्र्यौट तथा राफसाफ भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड रुपैयाँ बराबरको विदेशी ऋणको लेखाङ्कन भएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार  १८ : २४ बजे